काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन जुनसुकै बेला फुट्न सक्ने बताएका छन् ।
बुधवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले गठबन्धन खरानीको डल्लो भएकाले जुनसुकै बेला फुट्न सक्ने बताएका हुन् । अध्यक्ष ओलीले एमाले मिसन ८४ मा लागेको बताउदैँ सरकार फेर्ने बदल्ने खेलमा नलागेको बताए ।
‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन । हामी मिसन ८४ मा लागेका छौँ । सरकार फेर्ने बदल्ने खेलमा छैनौँ’, उनले भने ।




प्रतिक्रिया