साथमा शंकर पोखरेललाई लिएर ओली बालुवाटार छिरे, गठबन्धन फुट्ने संकेत!

साथमा शंकर पोखरेललाई लिएर ओली बालुवाटार छिरे, गठबन्धन फुट्ने संकेत!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनमा खटपट भइरहेका बेला अध्यक्ष ओली साथमा एमाले महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार पुगेका हुन् ।

आइतबार बिहान मात्रै ओली र प्रचण्डबीच एक घण्टा छलफल भएको थियो । फेरि आज साँझ ओलीले पोखरेललाई साथमा लिएर बालुवाटार छिर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाली कांग्रेससँग रुष्ट बनेका प्रचण्ड एमालेसँग मिल्ने तयारीमा छन् । हालको सत्ता गठबन्धनबाट अल्गिएर प्रचण्ड एमालेसँग नयाँ गठबन्धन गर्ने दाउमा छन् । त्यसकारण ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ। आज मात्रै एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यो सरकार सरकार बन्नै नहुने भएकाले अब एमालेले सोच्ने बताएका थिए ।