देश अब सकारात्मक अवस्थातिर फर्किनेछः अध्यक्ष ओली

देश अब सकारात्मक अवस्थातिर फर्किनेछः अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता समीकरणमा भएको फेरबदलले देश सकारात्मक अवस्थातिर फर्किने बताएका छन् ।

पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश अब सकारात्मक दिशातर्फ फर्किने बताएका हुन् । राजनीतिमा जेजस्तो फेरबदल आए पनि नेकपा एमालेले मिसन ८४ नछाड्ने उनको भनाइ छ ।

‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ ।’, उननले भने ।