राष्ट्रियसभा उपाध्यक्ष पाउनुपर्ने मागबाट पछि हट्यो एकीकृत समाजवादी

राष्ट्रियसभा उपाध्यक्ष पाउनुपर्ने मागबाट पछि हट्यो एकीकृत समाजवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादी राष्ट्रियसभाको उपाध्यक्ष पद आफूले पाउनु पर्ने मागबाट पछि हटेको छ ।

सत्ता गठबन्धनभित्र राष्ट्रियसभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको एकीकृत समाजवादी अन्तिममा आएर उक्त मागबाट पछि हटेको हो । यससँगै एकीकृत समाजवादीले नेकपा एमाले उम्मेदवारलाई मत हाल्ने भएको छ ।

यसभन्दा अघि नेकपा एसका अध्यक्ष माधव नेपालले राष्ट्रियसभाको उपाध्यक्ष पद आफ्नो पार्टीले पाउनुपर्ने माग राख्दै आएका थिए । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछन् । उपाध्यक्षका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ ।