कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेकाे छः अध्यक्ष ओली

कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेकाे छः अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद्‌लाई बन्दक बनाएको बताएका छन् ।

एमाले संसदीय दलको बैठकलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता स्वार्थ पूरा नहुँदा कांग्रेसले संसद्‌लाई बन्दक बनाएको बताएका हुन् । संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको उनको भनाइ छ ।

‘संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन । सांसदले बोल्न नपाउने ? कांग्रेसले आरोप लगाउने, आरोप लगाएको व्यक्ति बोल्न नपाउने रु’, ओलीले भने, ‘कुनै माननीयमाथि व्यक्ति तोकेर छानबिन गर्न, को न्यायाधीश हुन्छ ? कांग्रेसको सांसद न्यायाधीश हुन्छ ?’, उनले भने ।

अध्यक्ष ओलीले भ्रष्टाचारी ठहर भएका सांसदले कतै मुद्दा नचलेकाविरुद्ध छानबिन समिति माग्नु हास्यास्पद भएको बताए । ‘भ्रष्टाचारमा अपराधी ठहरिएका (टेकबहादुर गुरुङ)लाई भित्र ल्याएर उ भ्रष्टाचारी हो, छानबिन आयोग गठन गर भन्ने ? कांग्रेसलाई सरम हुँदैन ? नियम कानून पढेको छैन ?’, उनले भने ।

अनेक आरोपहरूमा फाइल दबाउँदा हैरान भएको कांग्रेसले एमालेका विरुद्ध जथाभावी बोल्नु आपत्तिपूर्ण भएको उनले बताए । त्यस्तै अध्यक्ष ओलीले कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाए ।

‘कांग्रेसले एमालेको सन्दर्भमा टिप्पणी गर्दा ख्याल गरोस्, जुन गिरीबन्धु टी-स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपटक ५१ बिघा, अर्को पटक १९ बिघा कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गरेको छ । त्यही टी स्टेट पछि अदालतले नियम र ऐन बनाएरमात्रै यस्ता कामहरू अगाडि बढाउनु भनेपछि अदालतको आदेशबमोजिम हामीले ऐन बनाएका हौं ।‘, उनले भने ।