नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छः अध्यक्ष ओली

नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छः अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद्को गतिरोध अन्त्य गर्नुपर्ने बताएका छन् ।

मंगलवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओली देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि कांग्रेससँग आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गरे।

‘नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ। राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु हो।’, उनले भने ।