गिरीबन्धु जग्गा प्रकरणबारे छानबिन समिति बनाउन अध्यक्ष ओलीलाई विश्वप्रकाशको चुनौती

गिरीबन्धु जग्गा प्रकरणबारे छानबिन समिति बनाउन अध्यक्ष ओलीलाई विश्वप्रकाशको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणको फाइल खोल्न चुनौती दिएका छन् ।

बिहीबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोदन गर्दै महामन्त्री शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणको फाइल खोलेर कांग्रेसले कमिसन खाएको आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् ।

गिरीबन्धुको फाइल खोलेर छानबिन समिति बनाउनु पर्ने माग उनको छ । ‘वि.सं ०५२ सालमा एमालेकै सरकार हुने, भूमि सुधार मन्त्री एमालेको हुने, २०६० सालको सरकार सूर्यबहादुर थापा हुने, भूमि सुधार मन्त्री कांग्रेसको नहुने, ०७८ सालमा केपी ओलीकै टोटल सेट हुने, अनि गिरबन्धुमा निर्णय गर्दै गर्दा यही तीन वटा सरकारको पालामा हुने । कांग्रेस नै नभएको दोष कांग्रेसमाथि लगाउने, हामी चुप लागेर सुन्नुपर्ने ? तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरू हुनुहुन्छ, खोल्नुस् गिरीबन्धुको फाइल र बनाउनुस् छानबिन समिति,’ उनले भने ।