प्रधानमन्त्री ओलीले साउन ६ गते देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले साउन ६ गते देशवासीलाई सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

आगामी साउन ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए।

ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । उनको पहिलो कार्यकाल ९ महिनाको थियो । २०७३ साउन ९ मा राजीनामा दिएसँगै उनको कार्यकाल सकिएको थियो । तर, उनले अर्को सरकार गठन नहुँदा (साउन १९) सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए ।

उक्त निर्वाचनबाट कम्युनिस्ट गठबन्धनले प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिट प्राप्त गर्‍यो र पार्टी एकताको घोषणा गर्‍यो । सोही जनमतका बलमा ओली संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।