काठमाण्डु– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
काठमाण्डुको भृकुटीमण्डपस्थित महाधिवेशनस्थिलमा पुगेर ओलीले अध्यक्षमा उम्मेदवारी दिएका हुन्।
यस्तै ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको बताए।
पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। ‘पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धाको कुरा स्वभाविक हो। हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिष्पर्धा हुन्थ्यो,’ पोखरेलले भने, ‘अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिनुहुदैन।’
निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।




प्रतिक्रिया