झापा–५ केन्द्रित हुँदै ओली, बालेनसँग कडा टक्कर

झापा–५ केन्द्रित हुँदै ओली, बालेनसँग कडा टक्कर


काठमाण्डु – भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता तथा काठमाण्डु महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ उम्मेदवार रहेको झापाको ५ नम्बर निर्वाचन क्षेत्रलाई यसपालिको चुनावमा चासोका साथ हेरिएको छ । दुवैलाई आ–आफ्नो पार्टीले भावी प्रधानमन्त्री घोषणा गरिसकेका छन् ।

बालेनलाई रास्वपा सभापति रवि लामिछानेले पार्टी नेतृत्वको रूपमा सघाइरहेका छन् भने ओलीले पार्टी प्रमुखको रूपमा देशभरको चुनावलाई समेत हेर्नुपर्नेछ । तर आफ्नै क्षेत्रमा कडा टक्कर हुने अवस्था भएपछि ओली केही दिन झापा–५ केन्द्रित हुने भएका छन् ।

ओलीले कम्तीमा ७ देखि १० दिनसम्म झापा–५ केन्द्रित चुनावी अभियान सञ्चालन गर्ने भएका छन् । उनले आफ्नै निर्वाचन क्षेत्रमा मतदाताका साथै कार्यकर्ता भेटघाट गरिरहेका छन् ।

काठमाण्डुबाट शुक्रबार झापा ओर्लिएका उनी झापाली जनतासँग प्रत्यक्ष साक्षत्कार गरिरहेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि झापा–५ बाट उम्मेदवार बनेका उनले शनिबार कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग छलफल तथा भेटघाट गरेका छन् ।

जेनजी आन्दोलनको जगमा संवैधानिक समय नपुग्दै भइरहेको चुनावमा झापासहित देशैभर नयाँ लहर जुर्मुराएको छ । झन् झापा–५ मा ओली र बोलनबिच रोचक प्रतिस्पर्धा हुँदैछ ।