अध्यक्ष ओली र केसीबीच भेटवार्ता, के भयो छलफल ?

अध्यक्ष ओली र केसीबीच भेटवार्ता, के भयो छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। ओलीको निमन्त्रणामा आइतबार साँझ नेता केसी बालकोट पुगेका हुन् ।

उनीहरुबीच समसामयिक राजनितिक घटनाक्रम, जनजीविका सवालमा उठेका आवाजहरु, सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्धता तथा नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबिच एकता र सहकार्यको खाँचोबारे छलफल भएको जनाइएको छ ।

त्यस्तै द्वन्द्वकालिन मुद्दाहरु किनारा लगाउने सहमति, चुच्ने नक्सा अनुसारको भुगोल नेपालको हुनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा पनि घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्ने विषयबारे पनि अध्यक्ष ओली र नेता केसीबीच छलफल भएको थियो ।