आफ्ना सांसदलाई ओलीको निर्देशन- प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनिवार्य उपस्थित हुनुहोस्

आफ्ना सांसदलाई ओलीको निर्देशन- प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनिवार्य उपस्थित हुनुहोस्


काठमाण्डु- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सबै सांसदले अनिवार्य रुपमा उपस्थित हुनुपर्ने भन्दै निर्देशन दिएका हुन् । ‘मंगलबार अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन भएको छ,’ बैठकबारे एमाले नेता सुवास नेम्वाङले भने ।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् ।