बालकोटमा ओली र प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?

बालकोटमा ओली र प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?


काठमाण्डु- सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान उनको निवास बालकोट पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भैरहेको छ । यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन ।

ओली र प्रचण्डबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा छलफल भएको जनाइएको छ ।