हिंसा दिवसलाई राष्ट्रिय दिवस मान्ने सरकारको निर्णय दु:खद : अध्यक्ष ओली

हिंसा दिवसलाई राष्ट्रिय दिवस मान्ने सरकारको निर्णय दु:खद : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निवासमा आयोजित ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा उनले फागुन १ गते जनयुद्ध दिवस नभई ‘हिंसा दिवस’ भएको भन्दै त्यसलाई सरकारले राष्ट्रिय रूपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताएका हुन् ।

“त्यो हिंसाको धङधङी के देखिन्छ भने, अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुराचाँहिँ सही होइन,” उनले भने, “सरकारले किन त्यो गर्‍यो रु आकास्मिक रूपमा त्यो किन गर्नुपर्‍यो रु आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नपर्‍यो रु त्यो मैले पनि बुझेको छैन ।”