अहिलेको सरकारले चीनविरुद्ध गद्दारी गरेर भारतलाई खुशी बनाउदैँ छ : अध्यक्ष ओली

अहिलेको सरकारले चीनविरुद्ध गद्दारी गरेर भारतलाई खुशी बनाउदैँ छ : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विदेशीलाई रिझाउन लागरिहेको बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित नेपाल बुद्धिजिवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको गठबन्धन तोडेको बताएका हुन् । त्यस्तै अपर मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्ने दिन लागिएको भन्दै ओलीले विरोध जनाए ।

‘माथिल्लो मुस्ताङ जहाँ मान्छे नै बस्दैनन् त्यहाँ किन विश्वविद्यालय खोल्न खोजियो ? यो चीनविरुद्धको गद्दारीमात्र होइन हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई अश्वीकार गरेको हो । प्रधानमन्त्री यो देशलाई विदेशीहरुको खेल मैदान बनाउँन खोज्दैछन्, त्यहाँको युरेनियममा ध्यान दिइएको हो ।’, अध्यक्ष ओलीले भने ।

ओलीले मुस्ताङमा ०३१ सालमा भन्दा ठूलो स्केलमा विदेशी हस्तक्षेप बढाउन खोजिएको पनि स्मरण गराएका छन् । त्यस्तै उनले भारतलाई खुशी पार्न प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति जनाएका छन् ।