विद्यादेवी भण्डारीले सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय बनेको छ: अध्यक्ष ओली

विद्यादेवी भण्डारीले सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय बनेको छ: अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय भएको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले विद्यादेवी भण्डारीले सात वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको भन्दै प्रशंसा गरेका हुन् ।

‘विद्यादेवी भण्डारीजस्तो नेतृ तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियत सफलतापूर्वक नेतृत्व गर्नुभयो । यसमा हामीले गौरव गर्नुपर्छ,’ उनले भने ।

भण्डारीले प्रथम महिला राष्ट्रपतिका रूपमा गौरवपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । तर, राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो संकीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको समेत मर्यादा नगरेर बकवास गर्ने गरेको टिप्पणी ओलीको छ ।