काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता गरिरहेका छन् ।
भेटमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी हुने स्रोतले बताएको छ । स्रोतकाअनुसार पार्टी नेतृत्वले बाँस्कोटासँग वास्तविकता बुझेर आवश्यक निर्णय गर्नेछ ।
बाँस्कोटालाई बर्खास्त नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ । ओली र अध्यक्ष प्रचण्डबीच बाँस्कोटाको राजीनामाबारे पनि छलफल हुने बालुवाटार निकट स्रोतले बतायो ।
अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले दुई अध्यक्षबीच एक घण्टादेखि बालुवाटारमा छलफल भइरहेको बताए ।




प्रतिक्रिया