काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा स्वीकृत भएको छ ।
राजीनामा स्वीकृतपछि उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी प्रेस विज्ञप्तिमा दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकिएको जनाइएको छ ।
दुई वर्षको कार्यकाल पूरा गरेर खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत आज (मंगलबार) राजीनामा दिएका थिए ।





प्रतिक्रिया