काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एउटा वडाध्यक्ष जित्नका लागि पनि मान्छे मार्ने गरेको आरोप लगाएका छन् ।
मंगलबार राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनले एउटा वडाध्यक्ष जित्नका लागि पनि मान्छे मार्ने गरेको आरोप लगाएका हुन् ।
‘गत निर्वाचनमा बुथ कब्जा गर्नु हुँदैन भन्दा घरमा गएर, घरबाट बाहिर निकालेर, घोचेर निर्ममतापूर्वक होनहार युवा, विद्यार्थी नेतालाई उनीहरुले मारे। किनभने उनीहरुलाई वडा जित्नु थियो। देश बनाउने युवाको जिन्दगी खोसिएको छ। त्यस्ताका हातमा शासन भएको बेला के हुन्छ? भन्दा कडा सुनिन्छ भएको त्यहि हो।’, उनले भने ।
मंसिर ४ गते बाजुराको त्रिवेणी नगरपालिकाको एउटा बुथ कब्जा गर्न अवरोध गरेको रिस साँधेर बसेका तत्कालीन सत्ता गठबन्धनका कार्यकर्ताले त्यो घटनामा सहभागी एमाले कार्यकर्तालाई घरघरमा पुगेर आक्रमण गरेको उनले बताएका छन् । उक्त दिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य, चेतन ऐडी कुटपिटमा परे । कुटपिटबाट गम्भीर घाइते भएका उनको अछामस्थित बयलपाटा अस्पताल पुर्याएपछि उपचारका क्रममा मृत्यु भएको थियो।




प्रतिक्रिया