टोपबहादुरबारे ओलीले भने- बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ, निर्दोषलाई फसाउन खोजे पार्टीले सहदैँन


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि उनले यस्तो बताएका हुन् ।

उनले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको समेत बताए ।प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’

ओलीले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने पनि प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement