काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । शनिबार अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरवार पुगेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि र सरकारका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेपछि ओलीले दोस्रो पटक प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
ओलीले यसअघि वैशाख २१ गते प्रधानमन्त्रीलाई भेटेर रायमाझीलाई बाटोबाटै हत्कडी लगाउन नहुने बताएका थिए ।




प्रतिक्रिया