काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको मुटु प्रत्यारोपण गरिएको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै ओलीले पुष्पकमल दाहाल प्रचण्ड सरकारको मुटु प्रत्यारोपण गर्नतीर लागेकाे टिप्पणी गरेका हुन् ।
पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन १२ मा गठबन्धन फेरेको भन्दै ओलीले सरकारप्रति कटाक्ष गरे । ‘सरकारको मुटु प्रत्यारोपण भइसकेको भए पनि नीति तथा कार्यक्रम मैले पनि पढेँ,’ उनले भने। ओलीले सरकारले ल्याउको नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज भएको टिप्पणी गरे ।
पुस १० मा एमालेको पहलमा ७ दलीय गठबन्धनको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बने पनि फागुन १२ को राष्ट्रपतिको उम्मेदवारको मनोनयमा गठबन्धन टुटेको थियो




प्रतिक्रिया