ओलीको प्रश्न- राजश्व संकलनमा पनि अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ?

ओलीको प्रश्न- राजश्व संकलनमा पनि अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोमा आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १ गते कूटनीतिक समुदायलाई गरेको ‘ब्रिफिङ’मा राजस्व संकलन गर्न कठिनाइ भएको बताएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सरकार प्रमुखले दातृसमुदायसँग राजस्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजस्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न मिल्छ ? राजस्व उठाउने अनिवार्य कर्तव्य सरकारकै होइन् र ?’, ओलीले भने ।

राजश्व संकलन देशको आन्तरिक विषय भएको उनकाे भनाइ छ ।