काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिपिम्पयाधुराको अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको सीमा सुरक्षाको अवस्थासहित कालापानीकाबारेमा जानकारी मागेका हुन् । ‘कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ?,’ भन्दै उनले प्रश्न गरे । त्यस्तै अध्यक्ष ओलीले छिमेकी मित्र राष्ट्र भारतसँग आफ्ना कुरा राख्न नडराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
‘भारत हाम्रो मित्र राष्ट्र र छिमेकी दुवै हो आफ्ना कुरा भन्न डराउनु हुँदैन। मनमा चिसो पनि राख्न हुँदैन। डर पनि मान्नु पर्दैन।’ ओलीले भने । प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे खुलेर कुरा राख्नु पर्ने उनकाे माग छ ।




प्रतिक्रिया