माग पूरा नभएसम्म संसद् चल्न नदिने ओलीको संकेत

माग पूरा नभएसम्म संसद् चल्न नदिने ओलीको संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अवरोध नहट्ने संकेत गरेका छन् । आइतबार संघीय संसद् भवनबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले तत्कालै संसद अवरोध नहट्ने संकेत गरेका हुन् । देश समग्र हितको रक्षापछि संसद्को अवरोध हट्ने अध्यक्ष ओलीको भनाइ छ ।

‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि संसद् अवरुद्ध हट्छ,’ उनले सञ्चारकर्मीसँग भने। नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीको रिहाइलगायतका विषयमा विरोध जनाउँदै प्रतिनिधि सभा बैठक अवरूद्ध गरेको थियो।

नेकपा एमालेले भारत भ्रमणका क्रममा बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग लिम्पियाधुरा–लिपुलेकसहितको नेपाली भूभाग साटफेर गर्न सकिने भनेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जवाफ मागेको छ।

प्रधानमन्त्रीले अभिव्यक्तिप्रति माफी नमागेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने एमालेको अडान छ ।