प्रचण्डपथका गुण्डालाई एमालेले तयारीका साथ दनक दिनेछ : अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी नामकरण विरुद्धको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संलग्नता रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्डपथका केही गुण्डाहरूले आतंक मच्चाएको बताएका हुन् ।

पहिचानवादीका नाममा एमालेका सांसद र जनप्रतिनिधिहरुको हत्या प्रयास भएको उनले दाबी गरे । उनले प्रचण्डपथका केही गुण्डाहरूलाई एमाले आफैंले तयारीका साथ दनक दिनुपर्ने भएको बताए ।

‘पाँच सात जना गुण्डाहरू छन्, मोटरसाइकल चढेर जता पनि जान्छन् र आक्रमण गर्छन् । उनीहरूलाई सत्ताको संरक्षण छ । आज हाम्रा नेता राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरे । उपसभामुख सिर्जना दनुवार र गाइघाटकी उपमेयरको हत्या प्रयास भएको छ । प्रचण्डपथका यी गुण्डाहरूलाई एमालेले तयारीका साथ दनक दिनुपर्ने भयो । आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले सक्षम छ । यो आन्दोलनलाई प्रचण्डले भड्काउन खोजिरहेका छन्’, उनले भने । ओलीले पहिचानको नाममा जातीय दंगा फैलाउने कार्य प्रचण्डले गरको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement