सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्‍यो : अध्यक्ष ओली

सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्‍यो : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारमाथि संसद्को विश्वास घटेको प्रतिक्रिया दिएका छन् ।

बुधवार प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पास भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ मा पुगेको बताएका हुन् ।

‘यो सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले ५३ प्रतिशतमा घट्यो’, ओलीको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधेयकमाथि मतदान हुँदा पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो ।