काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने भएका छन् ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले आफू कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् । साउन २ गते गएर उनी ६ गते फर्कनेछन् ।
भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया