काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । संवैधानिक परिषद् बैठक बस्नु एक दिनअघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
उनीहरुबीच सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने बिषयमा छलफल भएको जनाइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदा पनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकिरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली छलफलमा जुटेका हुन् । उनीहरुबीच बालुवाटारमा आइतबार पनि भेटवार्ता भएको थियो ।




प्रतिक्रिया