सरकारले छानबिन समिति नबनाउँदा एक सय किलो सुन ६१ केजीमा झर्‍योः अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक सय किलो सुन ६१ किलोमा झरेको बताएका छन् ।

बुधवार काठमाण्डुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले त्रिभुवन विमानस्थल एक सय किलो भन्दा बढी सुन भित्रिएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबनाएकाले सुनको परिणाम घटेको आरोप लगाएका हुन् । ‘सरकारले राम्रो काम केही गरेको छैन । ३३ पटक ब्रेक सुको नाममा सुन आएको रहेछ । एकदिन कतैबाट बाध्यता परेपछि समातियो ।’, उनले भने ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । तर, यही मङ्गलवार गालेर जोख्दा ६० केजी ७१६ केजी भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement