प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा गएनन् ‌ओली

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा गएनन् ‌ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलसँगको छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा आइतवार दिउँसो छलफल सुरु भएको हो ।

झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्न बैठक बोलाएको जनाइएको छ । संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन्। तर, बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन्।