काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर जनतालाई जुधाइएको बताएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जातीय नारा उचालेर साढे जुधाए झैँ जनतालाई एक आपसमा जुधाइरहेको बताएका हुन् ।
‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन्’, ओलीले भने, ‘पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् । साँढेको केही दुस्मनी हुँदैन । तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनि ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्’, उनले भने ।




प्रतिक्रिया