जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताविरुद्ध छ: अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा हुन नसक्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा बुधबार नारायणचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा फाटो ल्याउने प्रवृत्ति र क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको बताएका हुन् ।

देशको उन्नति तथा जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पु(याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा नभएको उनको भनाइ छ । संविधान प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने जोड दिएका उनले देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न छिटपुट रूपमा प्रयास भइरहेका बताउँदै उनले त्यस्ता क्रियाकलाले राष्ट्रिय एकतालाई खलबल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement