ओली अल्पमतमा पर्दापनि संविधानलाई मास्न खोज्नुभयो : मन्त्री पौडेल

ओली अल्पमतमा पर्दापनि संविधानलाई मास्न खोज्नुभयो : मन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । बुधबार बडिगाड गाउँपालिका– ३ सिसाखानीको चुनावी सभालाई सम्बोधनगर्दै उहाँले १५ हजार मतान्तरले जित्ने दाबी गरेका हुन् ।

“गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौं,” उनले भने,“बागलुङ क्षेत्र नम्बर २ कादुई प्रदेश सदस्यसहित प्रतिनिधिसभा सदस्यमा हामीले जितिसकेका छौं औपचारिक घोषणा हुन मात्र बाँकी छ ।”

उनले नेकपा एमाले पार्टी लोकतन्त्र विरोध भएको बताएका छन् । “लोकतन्त्रभनेको बहुमतको शासन, अल्पमतको प्रतिपक्ष हो,” उनले भने, “केपी ओलीले अल्पमतमा पर्दा पनि संविधानलाई मास्न खोज्नुभयो ।”

लोकतान्त्रिक प्रणाली स्थापनाकालागिनिर्वाचनआयोगले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको बताउँदै निर्वाचन निष्पक्ष हुने विश्वास व्यक्त गरे । देशको लोकतान्त्रिक प्रणाली धरापमापार्न खोजेकाले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन गरेको बताए।