काठमाण्डु – निर्वाचनको इपिसेन्टर बनेको झापा– ५ मा भावी प्रधानमन्त्रीका प्रस्तावित दुई उम्मेदवारहरू सोमबार चुनावी प्रचारप्रसारको अन्तिम दिन घरदैलौ अभियानललाई तीव्रता दिएका छन् ।
२१ फागुनमा हुने निर्वाचनका लागि सोमबार चुनाव प्रचारप्रसारको अन्तिम दिन रहेको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले सोमबार अन्तिम घरदैलोमा छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले झापा–५का चारवटै पालिकामा घरदैलो गर्दैछन् ।
ओलीले दमक नगरपालिका– ४ मा श्रमिकहरूसँग भेटघाट, गौरादह नगरपालिका–७ स्थित खावाघाट, गौरीगञ्ज गाउँपालिका– ३ को रिमाल टोल, गौरीगञ्ज–६ स्थित आत्माओझा, कमल गाउँपालिका– ४ स्थित लिम्बू गाउँलगायतका स्थानमा घरदैलो गर्दैछन् ।
त्यस्तै, बालेनले दमक नगरपालिकाभित्र नै घरदैलो गर्दैछन् । उनले दमकको गोर्खा डिपार्टमेन्टबाट घरदैलो सुरु गरेका छन् ।
दमकको जेसीज चोक, इलाका प्रहरी कार्यालय, लेखनाथ चोक, सिरपाली चोक, आँखा शिविर, दुर्गा मन्दिर, बेलडाँगी, बाघखोर, आमचोक, मिलडाँगा, नयाँ आम्दा, संगम चोक, कृष्ण मन्दिर, उदय टोल, टुक्रे, इन्द्रेणी ताल, संगम चोक, सगरमाथा चोक, पखटे, शान्तिमार्ग रोड, अमरचोक, बालुवाटार, किराँत चोकबाट दमकको मुख्य चोक गणतन्त्र चोक हुँदै पसुहाटमा पुगेर बालेनको घरदैलो समापन हुनेछ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपां)का उम्मेदवार रञ्जित तामाङले पनि अन्तिम घरदैलो गर्दै छन् ।
यस्तै नेपाली कांग्रेसकी मन्धरा चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलालगायत पार्टीका उम्मेदवारले पनि अन्तिम दिन घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।




प्रतिक्रिया