देशको आवश्यकताको आधारमा वैदेशिक ऋण लिन्छौ,व्यवस्थापन गर्न पनि सक्षम छौं : प्रधानमन्त्री ओली


काठमाडौं– बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकताको आधारमा वैदेशिक ऋण लिने स्पष्ट पारेका छन् । बिबिसी वल्र्डकालागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताएका छन् ।

उनले वैदेशिक ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसंग भएको पनि दावी गरे ।

नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले भने ‘हामी लगानीका लागि सवैलाई आमन्त्रण गर्छौ, हाम्रो आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौ, जथाभावी स्वीकार गर्दैनौ ।’

प्रधानमन्त्रीले अरुको अनुभवका विषयमा कुरा गर्न नचाहेको भन्दै हाम्रो अनुभवको आधारमा व्यवस्थापन गर्न सक्ने धारणा राखे । उनले त्यसको सम्पुर्ण लेखाजोखा पनि नेपालले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement