प्रधानमन्त्री निकट नेतासंग प्रचण्डले सुरु गरे परामर्श,सहमतिमा नआए मन्त्रीहरुले सामुहिक राजीनामा दिने

प्रधानमन्त्री निकट नेतासंग प्रचण्डले सुरु गरे परामर्श,सहमतिमा नआए मन्त्रीहरुले सामुहिक राजीनामा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओलीलाई पार्टी र सरकारबाट हटाउने तयारी भइरहेको वेला उनि निकट नेताहरु सक्रिय भएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत नेताहरु प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा एक मत रहेका बेला प्रधानमन्त्री निकट नेताहरु बिहिवार प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

प्रचण्ड निवास पुग्नेमा पार्टी महासचिव विष्णु पौडेल,रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र पांच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत छन् । त्यसैगरी प्रचण्डसंगको वैठकमा उनि निकट नेताहरु जनार्दन शर्मा,वर्षमान पुन र पम्फा भुसाल सहभागी छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले ओली निकट नेताहरुलाई बोलाएर बुधवार छलफल सुरु गरेका हुन् । मंगलवार प्रधानमन्त्री ओलीले निकट नेता र मन्त्रीहरुलाई बोलाएर पछिल्लो राजनीतिक अवस्थाको बारेमा परामर्श गरेका थिए । त्यसैगरी प्रचण्डसहित ३० जना स्थायी समिति सदस्यले मंगलवार झम्सीखेलमा भेला गरेर प्रधानमन्त्रीलाई पदबाट राजीनामा गराउने निष्कर्श निकालेका थिए ।

नेकपाको जारी स्थायी समिति वैठकमा प्रधानमन्त्री ओलीमाथी एक पद छोड्न दबाव बढेको छ । प्रधानमन्त्री ओली पार्टी र सरकारको नेतृत्व गर्न असफल भएको भन्दै उनलाई पद छोड्न दबाव बढेको हो । तर, प्रधानमन्त्री ओलीले भने दुवै पद नछोड्ने संकेत देखाएपछि प्रचण्डसहित वरिष्ठ नेताहरुले उनिमाथी दबाव बढाइरहेका छन् ।

बिहिवारको वैठकमा समेत प्रधानमन्त्री सहमतीमा नआए प्रचण्ड र माधव नेपाल निकट मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी छ । गृहमन्त्री रामबहादुर थापा,वनमन्त्री शक्ति वस्नेत,उर्जामन्त्री वर्षमान पुन,कृषीमन्त्री घनश्याम भुषालले समेत प्रधानमन्त्री ओलीको साथ छोडिसकेका छन् । उनिहरुले पार्टीले बोलाएकै दिन राजीनमा दिन तयार रहेको नेतृत्वलाई जानकारी गराइसकेका छन् ।