प्रचण्ड र ओलीको एक्ला एक्लै बैठक सकियो,आजै मन्त्रिपरिषद विस्तार हुने


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको बैठक सकिएको छ । पार्टी एकता र सरकार विस्तारबारे दुवै दलका नेताबीच सहमती भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको बैठकमा गृह र अर्थमन्त्रालय दुबै एमालेलाई दिने गरी सहमती बनेको छ । दुई नेताको बैठक सकिएपछि अहिले दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

एकतासम्बन्धी संगठनात्मक तथा सैद्धान्तिक आधार तयार पार्न गठित दुई वटा कार्यदलको संयुक्त बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत सहभागी छन् ।

दुवै दलका नेताबीच मन्त्रालय बांडफांडबारे सहमती बनिसकेको छ । बैठकमा दुई नेताबीच भएको सहमतीबारे छलफल भइरहेको बुझिएको छ। कार्यदलको बैठकपछि आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ । हाल मन्त्रिमण्डलमा प्रधानमन्त्री ओलीसहित लालवावु पण्डित र थममाया थापा मगर छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement