काठमाण्डु– सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्। भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।
बैठकमा सरकारमा रहेका मन्त्री हेरफेर, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली तत्काल मन्त्रिपरिषद् हेरफेर गर्ने पक्षमा छन् भने देउवाले चाहेका छैनन् ।
प्रधानमन्त्री ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको मनस्थिति बनाइसकेका छन् ।




प्रतिक्रिया