काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
राष्ट्रपति र तीन शीर्ष नेताहरुबीचको छलफल ३ बजे शीतलनिवासमा सुरु हुनेछ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।




प्रतिक्रिया