काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । संसद बैठक स्थगित भएपछि नयाँ बानेश्वरस्थित संसद भवनमै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल सुरु भएको हो ।
एमसीसीमा सहमति जुटाउन भन्दै आजको बैठक स्थगित गर्न लगाएका प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको साथ लिन ओलीसँग वार्ता थालेका हुन् ।
सत्ता गठबन्धनका प्रमुख दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गरेपछि देउवाले प्रतिपक्षी एमालेको साथ खोजेका हुन् ।
उनले केहि समयदेखि एमाले अध्यक्ष ओलीसँगको सम्बादलाई निरन्तरता दिएका छन् । तर एमालेले भने आफ्ना माग पुरा गरेमात्रै एमसीसीमा सहयोग गर्ने बताउँदै आएको छ ।




प्रतिक्रिया