काठमाण्डु – व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाएका छन् । प्रसाईबाट प्राप्त भएको उक्त भिडियो अनुप नेपाल नामको आइडीबाट प्रमाण भन्दै सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा ३२ अर्ब रुपैयाभन्दा बढी लगानी रहेको आरोप लगाएर उनले भिडियो बनाएका छन् । उक्त भिडियोलाई प्रमाण भन्दै विभिन्न संचारमाध्यमहरुले समाचार समेत बनाएका छन् ।
प्रसाईले दिएको प्रमाण भन्दै बनाइएको उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । प्रधानमन्त्री ओलीको लगानी रहेको भनिएको उक्त कम्पनीमा ओलीको नाम र हस्ताक्षर समेत नक्कली रहेको पाइएको छ ।
प्रसाई राष्ट्र, राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक हुन् । उनि केही समय पहिलेसम्म प्रधानमन्त्री ओलीकै सहयोगमा नेकपा एमालेको केन्द्रीय सदस्य समेत बनेका थिए । तर, पछिल्लो समय उनि ओलीविरुद्ध सक्रिय छन् ।
प्रसाईको उक्त आरोपमा कुनै सत्यता नभएको भन्दै प्रधानमन्त्रीको सचिवालयले त्यसको खण्डन गरेको छ ।




प्रतिक्रिया