काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तापक्षले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् ।
महामन्त्री शर्माले सत्ता साझेदार दलहरू गृहमन्त्री रवि लामिछानेलाई खुइल्याउँदै लाने मनोविज्ञानमा भएको आरोप पनि लगाए ।
आइतबार काठमाडौंको प्रदर्शनी मार्गमा नेवि संघद्वारा आयोजित विरोध सभामा बोल्दै महामन्त्री शर्माले लामिछानेलाई सत्यको लुगा लगाएका झुट को संज्ञा दिए ।
उनले गृहमन्त्री लामिछानेको दुईवटा पासपोर्टको चर्चा गर्दै प्रश्न गरे, ‘कसैले दुईवटा पासपोर्ट भएर पनि गृह मन्त्रालय चलाउन पाउने तर, कसैको दुईवटा नागरिकताको कुरा आएपछि सहयोग गरेर जान्छु, छानबिन होस् भन्दाभन्दै कार्यकक्षाबाट पक्राउ पर्ने ?’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण नै सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा गृहमन्त्री लामिछानेको नाम नलेखिएको दाबी गरे ।
ओलीले रविको नामबिनै कामचलाउ प्रकृतिको संसदीय छानबिन समिति बनाउन चाहेको उनले दाबी गरे । ‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीजी चाहनु हुन्छ,’ उनले भने




प्रतिक्रिया