आज केपी ओली र रमेश लेखक छुट्ने

आज केपी ओली र रमेश लेखक छुट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक छुट्ने भएका छन् ।

खोजी भएको बेला उपस्थित हुनेगरी ओली र लेखकलाई आज रिहा गर्ने गरिने भएको हो ।

भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।

तर मुद्दा दायर गर्ने आधार र प्रमाण पर्याप्त नभएकाले छोड्न लागिएको स्रोतले बतायो ।

सर्वोच्च अदालतले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न परमादेश जारी गरेको थियो ।