ओली र लेखक हाजिरी जमानीमा रिहा

ओली र लेखक हाजिरी जमानीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् ।

बिहीबार उनीहरूलाई आ–आफ्ना श्रीमतीको जिम्मामा छाडिएको हो।

अनुसन्धानका क्रममा खोजेका बखत हाजिर हुने सर्तमा उनीहरुलाई छाडिएको काठमाण्डु प्रहरी परिसरले जनाएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई रिहा गरिएको हो।

भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।

बिरामी भएका कारण एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए भने लेखकलाई महाराजगन्जमै रहेको प्रहरीको २ नं गणमा राखिएको थियो ।