पक्राउ परेपछि ओली-लेखकको प्रतिक्रिया-प्रतिशोध भयो

पक्राउ परेपछि ओली-लेखकको प्रतिक्रिया-प्रतिशोध भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन जी आन्दोलनको दमनकारी भएको भन्दै प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्रेपछि उनीहरुले यसलाई प्रतिशोधपूर्ण भएको बताएका छन्।

सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित घरबाट ओलीलाई र भक्तपुरको कटुन्जेस्थित निवासबाटै लेखकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले ओलीलाइ पक्राउ गरेको हो ।

पक्राउ परेपछि ओलीले पत्रकारहरुलाई आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताए । यस्तै पूर्वगृहमन्त्री लेखकले आफूलाई प्रतिशोध र पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको टिप्प्णी गरेका छन्।

पक्राउपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘मलाई प्रतिशोध र पूर्वाग्रह पूर्णरुपमा पक्राउ गरिएको छ।’

मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताए।