काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर बीच छलफल भइरहेको छ ।
सोमबार अध्यक्ष ओली र ठाकुर चुनावी गठबन्धनको विषय टुंग्याउन छलफलमा जुटेका हुन । आजको छलफलले एमाले र लोसपाबीच गठबन्धन हुने कि नहुने विषयमा टुंगो लाग्ने स्रोतको दावी छ ।
पछिल्लो समय नेकपा एमालेले लोसपासँग चुनावी तालमेलबारे त्यति चासो देखाएको छैन् । मधेस प्रदेशमा १९ सिट माग गरेको छ । तर, एमालेले सहमति जनाएको छैन । त्यसकारण आज अन्तिम वार्ता गर्न ठाकुर अध्यक्ष ओली भेट्न बालकोट पुगेका जनाइएको छ ।




प्रतिक्रिया