काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री प्रकाशशरण महतबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा अध्यक्ष ओली र अर्थमन्त्री महतबीच बजेट निर्माणमा अनधिकृत व्यक्ति घुसाइएकोबारे छलफल भएको हो ।
बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै एमालेलगायत विपक्षी दलले विरोध जनाएका थिए । एमालेले बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएकोबारे अर्थमन्त्री महतले संसदमा जवाफ नदिए संसद चल्न नदिने अडान रोखेको थियो ।
ओली र महतको छलफलपछि नेकपा एमालेले संसद बैठक चल्न दिने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायब सुब्बा श्रेष्ठलाई संलग्न भएको भन्दै विपक्षी दलहरुको विरोध गरिरहेका छन् ।




प्रतिक्रिया