एमाले अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेट

एमाले अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका अध्यक्ष ओलीले हिजो उनीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकाे ओलीको सचिवालयले जनाएको छ ।

श्रीलङ्का पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका हुन् ।

यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए । अध्यक्ष ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा तीन वटा मतदान केन्द्रमा पुगि पर्यवेक्षण गरेका थिए ।  साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया गएका उनी आज स्वदेश फर्कने कार्यक्रम छ ।