ओली मोदीबीच न्यूयोर्कमा भेटवार्ता : द्धिपक्षीय संयन्त्रलाई सक्रिय बनाइने

ओली मोदीबीच न्यूयोर्कमा भेटवार्ता : द्धिपक्षीय संयन्त्रलाई सक्रिय बनाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रससंघ ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित साइडलाइन भेटवार्ता भएको हो ।

भेटवार्तामा द्धिपक्षीय संयन्त्रलाई सक्रिय बनाएर समस्या समाधान गर्ने बारेमा कुराकानी भएको छ । भेटमा दुई देशबीचको उर्जा, प्रविधि र व्यापारको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले भेटमा चांडै नेपाल भ्रमण गर्ने जानकारी समेत दिएका थिए । दुवै देशका अधिकारीहरुले भेटवार्ता निकै राम्रो भएको बताएका छन् ।

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृतकुमार राई र सहसचिव कौशलकिशोर रायको सहभागिता रहेको थियो ।